समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

भद्रपुरका एक युवक मेची नदीले बगाउँदा बेपत्ता

हल्दिबारी, १३ भदौ । मेची नदीले बगाउँदा एक युवक बेपत्ता भएका छन्। बेपत्ता हुनेमा भद्रपुर नगरपालिका-३ रंगिलाचोक निवासी भूपाल भुजेलको १९ वर्षीय छोरा सामुएल भुजेल रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए।

Advertisement

प्रहरीका अनुसार सोमबार दिउँसो साढे ४ बजे भद्रपुर-५ स्थित नर्सिङ बगान नजिकैबाट मेची नदी तैरिएर भारत जान खोज्दा सामुएललाई नदीले बगाएको हो।

Advertisement

सामुएलसँगै उनका साथी पनि थिए। दुवै जना नदीमा पौडी खेलेर भारततर्फ जान लाग्दा एक जनालाई बगाएर बेपत्ता बनाएको डीएसपी पाठकको भनाइ छ।

उनको खोजी कार्य जारी छ। भद्रपुरदेखि पाठामारीसम्म सशस्त्र, नेपाल प्रहरी र स्थानीयबासीले खोजी गरिरहेको छ।  मेची नदी नेपाल-भारत सीमा भएर बग्छ। अविरल वर्षापछि मेची नदीमा आज पानीको बहाव बढेको छ। TOP

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article