समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

भिजिट भिसामा खाडी मुलुक पुगेका ५३ हजार फर्केनन्

हल्दिबारी, भदौ १४। पछिल्लो छ महिनामा खाडी मुलुकमा मात्र ५३ हजार ५४ नेपाली भिजिट भिसामा गएका छन्। संयुक्त अरब इमिरेट्स (यूएई)लगायत खाडी मुलुकमा भिजिट भिसामा गएका तीमध्ये अधिकांश फर्किएका छैनन्।

Advertisement

अध्यागमन विभागको तथ्याङ्क अनुसार गत फागुन २७ देखि भदौ १० गतेसम्म सबैभन्दा बढी खाडी मुलुक दुबईमा ३९ हजार ६३० जना भिजिट भिसामा गएका छन्। यसैगरी कतार एक हजार ३८६ जना, साउदी अरब एक हजार ८१, ओमन ७९६, कुवेत ५२८ र बहराइन ३०४ जना भिजिट भिसा गएकामध्ये अधिकांश फिर्ता भएका छैनन्।

Advertisement

आकर्षक रोजगारीको प्रलोभनमा विभिन्न गिरोहले भिजिट भिसामा युवतीलाई खाडी मुलुक पुर्याई अलपत्र तथा बन्धक बनाएको पाइएपछि मानव बेचबिखनमा पर्ने गरेपछि नेपाल सरकारले भिजिट भिसामा रोक लगाएको थियो।

पछिल्लो समय भिजिट भिसामा दुबई जान लागेका ११४ जना युवती र १०३ जना युवकका कागजपत्र नक्कली पाइएपछि प्रहरीले विमानस्थलबाट फिर्ता गरेको थियो। यस घटनाले फेरि खाडी मुलुकमा भिजिट भिसाको आवरणमा मानव तस्करी भएको आशङ्का गरिएको छ। गोरखापत्र दैनिकबाट

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article