समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

चट्याङवाट एउटै गाउँका तीन महिलाको मृत्यु, सिंगो गाउँ शोकमग्न

हल्दिबारी, भदौ १४। रौतहटको एउटै गाउँमा आज बिहान चट्याङ लागेर एकैपटक तीन महिलाको ज्यान गएको छ । जिल्लाको मध्यभाग गरुडा नगरपालिका– ३ मलाहिटोल गाउँ छेउमा खेतमा कामगर्ने क्रममा बिहान ८ बजे चट्याङ लागेर तीनजनाको मृत्यु भएको हो ।

Advertisement

चट्याङ लागेर मृत्यु हुनेहरुमा मलाही गाउँकै ३९ बर्षिया सुदनिया देवि, ७० बर्षिया जगिया कुमारी र १८ बर्षिया मनिषा कुमारी रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रुपेश कुमार सिंहले बताएका छन । मृतक मध्ये सुदनिया र जगिया एउटै परिवारको रहेको डिएसपी सिंहले जानकारी दिएका छन ।

Advertisement

चट्याङ लागेर एउटै गाउँको एकैपटक तिनजनाको मृत्यु हुंदा सिंगो मलाही गाउँ शोकमग्न भएको छ । खेतमा कामगर्ने क्रममा चट्याङ लाग्दा संगै रहेकी बर्ष ४० कि सैलिदेवी सामान्य घाइते तथा एकदर्जन बढी महिला चट्याङ बाट प्रभावित भएको प्रहरीले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article