समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

पशुपतिनाथको पुर्वी ढोका १४ बर्ष पछि खुल्यो

हल्दिबारी, भदौ १४। पशुपतिनाथ मन्दिरको पुर्वी ढोका १४ बर्ष पछि खुलेको छ । पशुपति क्षेत्र विकास कोषले हरितालिका (तीज) अवसरमा पशुपतिनाथको पूर्वी ढोका खोलेको हो ।

Advertisement

पशुपतिनाथका मूलभट्ट परिवर्तन गर्ने २०६५ को घटनापछि पूर्वी ढोका बन्द हुदैँ आएको थियो । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले नेपालीलाई मुलभट्ट बनाउने प्रयास बिबादमा परे पछि सुरक्षाका कारण देखाउँदै पुर्वी ढोका बन्द हुदैँ आएको थियो । तर, यस बर्ष तीजको अवसरमा भने सो ढोका खोलिएको हो ।

Advertisement

पशुपतिनाथको पुर्वी ढोका खोलेसँगै सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाएको पशुपतिनाथ विकास कोषले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article