समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

नेपाल कम्युनिस्ट पार्टी झापाको तेस्रो जिल्ला अधिवेशन विर्तामोडमा शुरु

 हल्दिबारी ,१५ भदौ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापा जिल्ला समितिको तेस्रो अधिवेशन जिल्लाको विर्तामोड स्थित अग्रसेन भवनमा शुरु भएको छ।

Advertisement

Advertisement

पार्टीका केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज दिपेश राईको प्रमुख आतिथ्यता तथा पार्टीका केन्द्रीय सदस्य एवम् झापा जिल्ला इन्चार्ज सुमन लिम्बूको विशेष आतिथ्यता रहेको छ। अधिवेशनका प्रमुख अतिथि राईले मैनबत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका हुन् ।

जिल्ला सचिव प्रशान्त थापाको अध्यक्षता तथा जिल्ला कार्यालय सचिव सञ्जय राईको सञ्चालनमा भैरहेको उक्त सम्मेलन दुईदिन सम्म चल्ने नेपाल कम्युनिस्ट पार्टीले जानकारी दिएको छ। सम्मेलन अगाडि पार्टीका नेताकार्यकर्ताले वृहत् र्‍याली सहितको प्रदर्शन गरेका थिए।

अग्रसेन भवनबाट शुरु भएको र्‍याली शनिस्चरे रोड – मुक्ति चाेक – पुरानो भद्रपुर रोड हुँदै पुनः मुक्तिचोक परिक्रमा गरेर अग्रसेन भवन आइपुगेको थियोे । दुई दिनसम्म चल्ने जिल्ला अधिवेशनले आगामी कार्यसमिति समेत चयन गर्ने नेकपाले जानकारी दिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article