समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

अघोषित प्रतिबन्ध र पक्राउ पुर्जी दलाल संसदीय व्यवस्थाको कायरता

हल्दिबारी, १५ भदौ । देउवा नेतृत्वको गठबन्धनको सरकारले नेकपालाई अघोषित प्रतिबन्द लगाउँदै पक्राउ पुर्जी जारी गरेको भन्दै नेकपाका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज सुमन लिम्बूले पक्राउ पुर्जी जारी गर्नु दलाल संसदिय व्यवस्थाकाे कायरता रहेको बताएका छन्,।

Advertisement

नेपाल कम्युनिस्ट पार्टी झापाको तेस्रो जिल्ला अधिवेशनमा आफ्नो मन्तव्य राख्ने क्रममा नेता लिम्बूले शान्तिपूर्ण रुपमा आफ्नो बिचार जनतासम्म पुर्‍याउँदा दलालहरु अत्तालिएर पक्राउ पुर्जी जारी गरेको भन्दै तीनबुदे सहमति अक्षरस पालना गर्नको सट्टा यो सत्ता नेकपाकाे विरुद्धमा आए सशक्त प्रतिकार गर्ने बताए ।

Advertisement

यो व्यवस्थाले जनतालाई शान्ति, सुरक्षा र स्थायित्व दिन नसकेको र यसको विकल्पमा बैज्ञानिक समाजवादी व्यवस्था रहेको भन्दै नेता लिम्बूले लोकतन्त्रकाे नाममा दलालहरुलाई मन्त्री र सभासद बनाउने खेल बन्द गर्न आग्रह गरे ।

नेकपाले शान्तिपूर्ण रुपमा जनताको माझ आफ्ना कुरा राख्नुपर्ने माग राख्दा दलालहरुले अघोषित प्रतिबन्ध लगाएको भन्दै शेरबहादुर देउवा र प्रचण्डलाई इतिहासकाे अध्ययन गर्न समेत नेता लिम्बूले आग्रह गरेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article