समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

दशवर्षे युद्ध लडेर आएका योद्धालाई कमजोर नआँक्न सरकारलाई नेता राईको चेतावनी

हल्दिबारी, १५ भदौ। नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज दिपेश राईले नेकपालाई कमजोर नआँक्न चेतावनी दिएका छन्,।

Advertisement

आज नेकपा झापाको तेस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेता राईले माओवादी पार्टीको नेतृत्वमा भएको १० वर्षे जनयुद्ध लडेर आएको स्मरण गराउँदै नेता राईले नेकपालाई कमजोर नआँक्न चेतावनी दिएका हुन्,।

Advertisement

अधिवेशनका प्रमुख अतिथि समेत रहेका राईले नेकपा त्यहि प्रतिबद्धता र त्यहि लक्ष बोकेर आएका योद्धाहरुको पार्टी रहेकाले राज्यले कमजोर आँके दुर्घटना निम्तिने चेतावनी दिएका छन्,।
सिद्धान्त सहितको परिवर्तनको एजेन्डा बोकेर आएको नेकपाले आफ्नो उद्देश्य प्राप्तिका निमित्त जस्तोसुकै संघर्ष गर्न तयार रहेको बताउँदै देशमा अहिले निम्तिएको आर्थिक संकट बढ्नुको कारण राज्यसत्तामा रहेकाहरुकाे लुट धन्दाका कारण भएको बताएका छन्।

देशमा अहिले दलाल पुजीवादकै कारण निर्यात भन्दा आयात बढिरहेको र त्यसैले देश कंगाल बन्दै गैरहेकाे भन्दै पक्राउ पुर्जी नेकपाका नेताकार्यकर्तालाई नभएर देशका उद्योग, कलकारखाना र सिमाना बेचेर खाने दलालहरुलाई जारी गर्नुपर्ने बताउँदै एकातिर गुलियो देखाउने र अर्कोतिर लुट्नतिर लाग्ने साम्राज्यवादी नितिका कारण देश बर्बाद भैरहेको नेता राईले बताए ।

हिजोको सुप्रिमो प्रचण्ड नै अहिले दलाल साम्राज्यवादकाे भरपर्दो पात्र बनेको बताउँदै उनले सहिदहरुकाे सपना पूरा गर्न नेकपा प्रतिबद्ध रहेको बताए । दलाल संसदवादी पार्टीको विकल्प स्वतन्त्र व्यक्ति नभएर यसको विकल्प बैज्ञानिक समाजवादी व्यवस्था रहेको र अब चुनाव गर्ने हो भने व्यवस्था छान्ने चुनाव गर्नुपर्ने समेत नेता राईले बताए ।

शासकले बन्दुकको धमास दियो भने यो धेरै दिन नटिक्ने बताउँदै दलाल राज्यसत्ताको पक्राउ पुर्जी नेकपाले खारेज गर्ने नेता राईले बताए । यतिबेला देशमा एमसिसीको नाममा अमेरिकी साम्राज्यवादले जरा गाडिसकेकाे बताउँदै यसको विरुद्ध सबैले सशक्त प्रतिकार गर्नुपर्ने उनले बताए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article