समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

वैवाहिक जीवनमा बाँधिए किरण

हल्दिबारी, १५ भदौ ।  नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर तथा कप्तान किरण चेम्जोङ वैवाहिक जीवनमा बाँधिएका छन् ।

Advertisement

कप्तान किरणले बुधबार प्रेमिका कन्चन निरौलासँग विवाह गरेका छन् । एयर होस्टेज रहेकी कन्चन र किरण पछिल्लो डेढ वर्षयता डेट गरिरहेका थिए । किरणले नजिकका आफन्त र फुटबल खेलाडी, पदाधिकारीलाई विवाहमा निम्तो दिएका थिए । किरणले गत महिना कन्चनलाई विवाहको प्रस्ताव राखेका थिए ।

Advertisement

माल्दिभ्सको शीर्ष डिभिजन लिग धिवेही प्रिमियर लिगको उपाधि जितेको अवसरमा किरणले कन्चनलाई मैदानमै प्रेम प्रस्ताव राखेका थिए । किरणको प्रस्ताव कन्चनले स्वीकार गरेकी थिइन् । किरण आबद्ध माजिया स्पोर्ट्स एण्ड रिक्रिएसनले माल्दिभ्सको शीर्ष लिगको उपाधि जितेको थियो । किरण लिगको उत्कृष्ट गोलकिपर समेत घोषित भएका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article