समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

पार्टी हितविपरीत नबोल्न प्रदेश नम्बर १ का सभापति थापाको निर्देशन

हल्दिबारी, भदौ १८ । नेपाली कांग्रेस प्रदेश नम्बर १ का सभापति उद्वव थापाले पार्टीको नीति निर्णय र पार्टी हितविपरीत सार्वजनिकरुपमा नबोल्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

Advertisement

नेपाली कांग्रेस झापाको शनिवारको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले केन्द्रले गठबन्धन गर्ने निर्णय गरिसकेको अवस्थामा जथाभावी नबोल्न निर्देशन दिएका हुन् ।

Advertisement

सभापति थापाले पाँचदलीय गठबन्धन बलियो बनाउँदै संविधान र लोकतन्त्र रक्षाका निमित्त सबै कार्यकर्ता एकताबद्ध भएर चुनावी महाअभियानमा जुट्नु पर्ने बताए । आफू संघ र प्रदेश दुवैमा प्रत्यक्षतर्फको उम्मेद्वार नहुने उनले स्पष्ट पारे । तर, उनी समानुपातिकतर्फको उम्मेद्वार हुनेछन् ।

बैठकमा क्षेत्रीय समितिका सभापति तथा प्रतिनिधिहरु हरिकुमार बुढाथोकी, खगेन्द्र मैनाली, गणेश पोखरेल, जयनारायण साह र ढुण्डिराज भण्डारीले सिफारिस भएका उमेद्वारको नाम प्रस्तुत गरेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article