समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

भद्रपुर-९, जमदार चोक स्थित साप्ताहिक बजार उद्घाटन

हल्दिबारी, भदौ १९।   भद्रपुर नगरपालिका वडा न. ९  जमदार चोक स्थित शिवालय पुहाँतुटोल बिकास सस्थाको आयोजनामा  साप्ताहिक बजार उद्घाटन तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

Advertisement

कार्यक्रम  सस्थाका अध्यक्ष  लक्ष्मी लुइँटेलको सभापतित्व ,  माननीय प्रदेश न १ का भुमी सुधार तथा सहकारी गरिबी निवारण मन्त्रि ओम प्रकाश सरावगीको प्रमुख आतिथ्यता तथा भद्रपुर नगरपालिका का नगरप्रमुख गणेश पोखरेलको बिशिष्ट अतित्थ्यतामा भएको थियो /

Advertisement

भद्रपुर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राम प्रसाद दाहाल, मेचिनगर नगरपालिका वडा १४ का प्रतिनिधि र बिभिन्न संग सस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा  स्वागत मन्तव्य टोल बिकास सस्थामा सचिव सकुन्तला चौधरीले गर्नुभएको थियो भने कार्यक्रमको औचित्य बारे भुपेश कार्कीले प्रष्ट पार्नुभएको थियो /

सास्कृतिक कार्यक्रममा सहभागी कलाकारहरु रचना रिमाल, श्री कृष्ण लुइँटेल बोकेदारी, कुमार बिबाहित उप्रेतीको जोडदार प्रस्तुति रहेको थियो / दुर्योधन कार्की, सरोज बस्नेत लगायतले सहजिकरण गर्नुभएको कार्यक्रममा एक हजार वढिको दर्शकको उपस्थिती रहेको दुर्योधन कार्किले वताउनुभयो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article