हल्दिवारी ,१९ भदौ । नेपाली काङ्ग्रेस हल्दिवारी ४ ले पाथीभरा सिंहकाली धार्मिक तथा पर्यटन विकास क्षेत्र गठन नियम बिपरित महिला सहभागिता बिनै गठन गरेकोमा ध्यानाकर्षण भएको जनाएको छ ।

कार्यसमिति गठन गर्दा नेपालको संविधान २०७२ को मर्म विपरीत समाबेशिताको घोर उल्लंघन भएको भन्दै तुरुन्त कार्यसमिति भङ्ग गरि नयाँ कार्यसमिति बनाउन समेत काङ्ग्रेसले माग गरेको छ ।

२०७९ भदौ ११ गते सनिवार भएको गैर संबैधानिक ,अलोकतान्त्रिक निर्णय प्रति नेपाली काङ्ग्रेस हल्दिवारी – ४ वडा समितिको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउछौ , ध्यानाकर्षण पत्रमा भनिएको छ । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र बुझाएको काङ्ग्रेस सभापति भवानी पराजुलीले जानकारी दिएका छ्न ।
ध्यानाकर्षण पत्र यसप्रकार रहेको छ :
