समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

जनकपुरबाट राष्ट्रपतिलाई प्रचण्डको चेतावनी– यसपटक नागरिकता विद्येयक प्रमाणीकरण नगरे अदालत जान्छौं

हल्दिबारी, २० भदाै । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति विद्यादेवी भण्डारीले यसपटक पनि नागरिकता विधेयक प्रमाणीकरण नगरे अदालत जाने चेतावनी दिएका छन् । आज (सोमबार) जनकपुरमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले संविधानतः राष्ट्रपतिलाई एक पटकमात्र विधेयक फिर्ता गर्ने अधिकार रहेकाले अब प्रमाणीकरण नगरे अदालत जाने चेतावनी दिएका हुन् ।

Advertisement

दाहालले भने,‘दुवै सदनबाट पारित भएर राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि नागरिकता विधेयक गइसकेको छ, उहाँले पारित गर्नुपर्ने हुन्छ, तर एक पटक फिर्ता गरेपछि राष्ट्रपतिले अब अर्को पटक फिर्ता गर्ने अधिकार छैन ।’नागरिकता विद्येयक संघीय संसद्को दुवै सदनबाट पारित भैसकेको छ ।

Advertisement

यसअघि राष्ट्रपति भण्डारीले उक्त विद्येयक प्रमाणीकरणको लागि उनीकहाँ पुग्दा समय व्यतित गरेर पूनर्विचारको लागि संसद्मा फिर्ता पठाएकी थिईन् । यो बीचमा राष्ट्रपति भण्डारीले विभिन्न दलका नेताहरुसँग सामूहिक छलफलसमेत गरेकी छिन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article