समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

विश्वप्रकाशको पहलमा मेचीनगरको सडक निर्माणका लागि २५ करोडको टेण्डर आह्वान

हल्दिबारी, भदौ २० । मदन भण्डारी राजमार्ग अन्तर्गतको मेचीनगरको मेचेडाँगीदेखि पाटापुरसम्मको सडक निर्माणका लागि आज टेण्डर आह्वान भएको छ । अघिल्लो सरकारले मदन भण्डारी राजमार्ग नामाकरण गरेको पुरानो चुरे मार्गको मेचीनगर वडा नं. १ मेचेडाँगीदेखि नेपाल–भारत सिमाना पाटापुरसम्मको करिब ४ किमि बाटो निर्माण प्राथमिकतामा नपरेर र बजेट विहिन भएर चर्को आलोचना हुँदै आएको थियो । तर काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माको निरन्तरको पहलमा नेपाल सरकारले २५ करोड रकम निकासा गरेपछि परियोजनाको दमक डिभिजनले आज सो रकम बराबरको टेण्डर आह्वान गरेको हो ।
शर्माले निरन्तर चार महिना लामो कसरतपछि मात्र संघिय सरकारले रकम निकासा गरे पछि आज भदौ २० गते सो सडक खण्डका लागि टेण्डर आह्वान भएको हो । आफ्नो निर्वाचन क्षेत्रमा पर्ने भएकाले पनि महामन्त्री शर्माले पछिल्लो समयमा सरकारको विभिन्न निकायमा दबाब दिँदै आउनु भएको थियो भने परियोजनाका प्रमुख सुबोध देवकोटा सहितका प्राविधिक टोलिसंग पटकपटक फिल्ड अनुगमन, स्थानीय जनप्रतिनिधिहरु सहित पैदल यात्रा एवं अध्ययन भ्रमण गर्नु भएको थियो । रकम निकासा र टेण्डर आव्हानको खबर पछि त्यस क्षेत्रका स्थानीयबासी हर्षित भएका छन ।

Advertisement
भदौ १७ गते मदन भण्डारी राजमार्ग आयोजनाका प्रमुख सुवोध देवकोटा र मेचीनगर १ का वडा अध्यक्ष तथा स्थानीयसंग निर्माण क्षेत्रको ४ किलोमिटर बाटोमा पैदल यात्रा सहितको अवलोकन गर्दै विश्वप्रकाश ।

पुर्व पश्चिम राजमार्गको बैकल्पीक मार्गका रुपमा हेरिएको मदन भण्डारी मार्गका लागि बजेट अभाव देखाउँदै पुर्वी खण्ड निर्माणमा ढिलाई भइरहेको बेला काँग्रेस महामन्त्री शर्माको सार्थक पहल पछि निर्माणको प्रक्रिया शुरु हुनुले यस क्षेत्रको विकासमा थप टेवा पुग्ने स्थानीयहरु बताउँछन । यसैबीच शर्माकै पहलमा क्षेत्र नं १ को फन्को मार्ने ‘रिङ रोड’ को अर्को खण्डका लागि चाँडै टेण्डर आह्वान हुने बुझिएको छ । काँग्रेस महामन्त्री शर्माले निकटस्थहरुसँग भन्ने गरेका छन ‘अब प्रतिस्पर्धा काममा गरौं ।’

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article