समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

ओखर खाऔं मस्तिष्क स्वस्थ बनाऔं

ओखर ज्यादै स्वादिलो र पोषक तत्वले भरिपूर्ण खाद्यपदार्थ हो । ओखरको कडा खोलभित्र मानिसको मस्तिष्कजस्तै आकारमा रहेको गुदी खाने गरिन्छ । यसमा ओमेगा–३ फ्याटी एसिड (जस्तै–अल्फा लिनोलेइक), भिटामिन ई (गामा टोकोफेरोल), आर्जिनिन एमिनो एसिड, स्टेरोलजस्ता पदार्थ पाइन्छन् ।

Advertisement

एलागी टेनिनजस्ता फोलिफेनोल अनि मेलाटोनिन पनि पाइने हुनाले ओखर एन्टिअक्सिडेन्टको धनी स्रोत हो । अर्काे महत्वपूर्ण कुरा, प्रशस्त मात्रामा एलआर्जिनिन (एमिनो एसिड) पाइने हुनाले यसको सेवनबाट उच्च रक्तचापका बिरामीलाई फाइदा पुग्न सक्छ ।

Advertisement

ओमेगा र पोलिफेनोलको धनी स्रोत भएकोले ओखर सेवन हृदय र समग्र रक्तसञ्चार प्रणाली स्वस्थ राख्न लाभदायक हुन्छ । टाइप २ मधुमेहका लागि पनि यो उत्तिकै उपयोगी मानिन्छ ।

ओखर मिसाएर बनाइएको पश्चिमी शैलीका परिकार नियमित खानाले मानिसको विर्य (सिमेन) को गुणस्तर (आकार, गति आदि) वृद्धि हुन्छ । ओखर नियमित खाए मस्तिष्क तथा अन्य अङ्ग स्वस्थ रहन्छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article