समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

क्रिकेटर सन्दिप लामिछानेलाई बलात्कारको आरोप लगाउने बालिकाको मेडिकल परीक्षण गरियो

क्रिकेटर सन्दिप लामिछानेलाई बलात्कारको आरोप लगाउने बालिकाको मेडिकल परीक्षण गरियो, क्यारेबियन लिग खेल्न विदेशमा रहेका सन्दीपलाई के अब नेपाल झिकाइन्छ ?

Advertisement

काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेलाई बलातकारको आरोप लागेको छ । १८ वर्ष भन्दा कम उमेरकी बालिका करणी गरेको अभियोगमा लामिछानेविरुद्ध मंगलबार जिल्ला प्रहरी परिसर, टेकु काठमाडौंमा किटानी जाहेरी परेको छ । उपत्यका प्रहरी कार्यालयका एआईजी​ रविन्द्र बहादुर धानुकका अनुसार सन्दीपले बलात्कार गरेको तथ्य नाबालिगककी साथीले रहस्य खोलेपछि यो कुरा बाहिर आएसँगै प्रहरीले यस विषयलाई गम्भिरताका साथ हेरेर अनुसनधान अगाडी बढाएको छ ।

Advertisement

पीडित भनिएकी बालिकाको मंगलबार साँझ नै मेडिकल परीक्षण समेत गराएको प्रहरी स्रोत बताउँछ । यस विषयमा प्रहरी अधिकारीहरू थप बोल्न चाहेका छैनन् । बालिकाको उमेर कति हो अहिलेसम्म खुलेको छैन् । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछाने भने अहिले क्यारेबियन लिग खेल्न विदेशमा छन् । मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेको र सो जाहेरी दर्ता गरेर अनुसन्धान गर्न एआईजी धानुकले निर्देशन दिइसकेको उल्लेख गरेका छन् ।

उपत्यका प्रहरी कार्यालयका एआईजी​ रविन्द्र बहादुर धानुकका अनुसार जाहेरीका आधारमा अब अनुसन्धान अगाडी बढाइनेछ । पिडित किशोरीसँग सामाजिक सञ्जालमार्फत सन्दीप नजिकिएका थिए । चिनजान भएको लामो समयपछि पीडित किशोरीसँग भेटघाटपछि प्रलोभनमा पारेर बलात्कार गरेको पिडितले दिएको जाहेरीमा उल्लेख छ । यस विषयमा सन्दिपले अहिलेसम्म केही बोलेका छैनन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article