समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

भद्रपुरमा १० लाखको सुन र मोवाइल चोरी गर्ने पक्राउ

भद्रपुर l  मोवाइल र सुनका गरगहना चोरी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भद्रपुर १० का २२ वर्षीय रितिक कुमार शर्मा र वडा नं. ७ का रोशन राजवंशी रहेका छन् ।

Advertisement

भद्रपुर नगरपालिका वडा नं. ७ स्थित विशम टोलमा रहेको राजेन्द्र गिरीको घरबाट उनीहरुले मोवाइल र गरगहना चोरी गरेको झापा प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट रेड्मी कम्पनीको मोबाईल सेट थान–१, टुक्रा पारेको अवस्था रहेको सुनको पहेलो चुराको टुक्रा थान –२, टुक्रा पारेको अवस्थामा रहेको सुनको पञ्चरत्नको टुक्रा थान –२,पहेलो रङको सुनको ब्रास्लेट थान–१, कानमा लगाउने सुनको रामलिला थान–२ र टुक्रा पारेको अवस्थामा रहेको सुनको चन्द्रमाको टुक्रा थान–२ फेला पारेको छ ।

Advertisement

घरमा कोहि नभएको समयमा घरभित्र प्रवेश गरी दराज फुटाएर उनीहरुले चोरी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । दशी प्रमाण सहित पक्राउ परेका दुवै प्रतिबादीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट झापा जिल्ला अदालतमा उपस्थित गराई म्याद समेत लिई थप अनुसन्धान कार्य अघि बढाइएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार चोरी भएका सामग्री करिव १० लाख बराबरको रहेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article