समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

विद्यालयको पोसाकमा घरबाट चार दिनअघि निस्किएर हराएकी आस्था मृत अवस्थामा फेला

हल्दिबारी, २४ भदौ ।  चार दिनदेखि हराइरहेकी कैलालीकी आस्था मृत अबस्थामा फेला परेकी छन् । धनगढी उपमहानगरपालिका–१३, मोहनपुरकी आस्था शर्मा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । नेपाल–भारत सीमामा पर्ने त्रिनगर मोहना नदी किनारमा शुक्रबार बिहान उनको शब फेला परेको बताइएको छ ।

Advertisement

गत सोमबार बिहान ‘स्कुल जान्छु’ भन्दै विद्यालयको पोसाकमा घरबाट निस्किएकी आस्था त्यसपछि सम्पर्कविहीन थिइन्। उनले लगाएको ट्र्याकको गोजीमा आस्था शर्मा लेखिएको कागज फेला परेको प्रहरीले बताएको छ।

Advertisement

कागजमा कविता लेखिएको र कविताको अन्त्यमा आस्था शर्मा लेखिएको प्रहरीले जनाएको छ ।शवको पोस्टमार्टम गर्ने तयारी गरिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article