खेलकुद
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

विद्यार्थीलाई सामाजिक गतिविधिमा लागेर असल नागरिक बन्न उपाध्यक्ष गिरिको आह्वान

गोलधाप १० माघ । हल्दिवारी गाउँ शिक्षा समितिको आयोजना आयोजना गरिएको दोस्रो अन्तर विद्यालय स्तरीय अध्यक्ष तथा उपाध्यक्षकप खेलकुद प्रतियोगिता संविधान सभा सदस्य मोहन टुडु र प्रदेश सभा सदस्य वसन्त बानियाबाट सयुक्त रुपमा उद्घाटन भएको छ ।

Advertisement

उदघाटन कार्यक्रम हल्दिवारि गाउँपालिका उपाध्यक्ष तथा शिक्षा समिति अध्यक्ष समेत रहनु भएका डम्बर बहादुर गिरिले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु भएको थियो ।

Advertisement

उपाध्यक्ष गिरिले खेलको माध्यम बाट असल नागरिक बनाउन महत्त्वपूर्ण भुमिका निर्माण हुने हुदा गाउँ पालिकाले शिक्षाको क्षेत्रमा ठूलो लगानी गरेको प्रष्ट पार्नु भयो । बजेटको २८/३०% शिक्षामा लगानी गरेको स्मरण गराउदै असल नागरिक बन्न विद्यार्थीहरुलाई सामाजिक गतिविधि तर्फ लाग्न समेत उपाध्यक्ष गिरिले विद्यार्थीहरुलाई आह्वान गर्नुभएको छ।

हल्दिवारी गाउँ पालिका शिक्षाको क्षेत्रमा देश कै नमुना गाउँपालिका भएको खेलकुदको माध्यम बाट पनि हल्दिवारिलाई चिनाउन सबैलाई जोड दिनु भएको छ । रास्ट्रपति तथा उपराष्टपतिकप खेलकुद प्रतियोगितालाई मध्यनजर गर्दै गत आर्थिक बर्ष देखि अध्यक्ष तथा उपाध्यक्षकप शुरु गरिएको उहाँको भनाई थियोे ।

आजबाट बिधिबत उदघाट्न गरिएको खेलकुदको समापन १७ गते हुने छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article