समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

ब्रम्हास्त्रको कीर्तिमानी कमाई, तीन दिनमा कति कमायो ?

हल्दिबारी, २७ भदौ । रणवीर कपुर र आलिया भट्ट स्टारर फिल्म ‘ब्रह्मास्त्र’ ले बक्स अफिसमा कीर्तिमानी कमाई गरिरहेको छ। फिल्मले पछिल्लो ३ दिनमा १०० करोड भन्दा बढी कमाई गरिसकेको छ।

Advertisement

बलिउडमा घरेलु क्षेत्रमा ओपनिङ वीकेन्डमा १०० करोड कमाउने यो सातौं बलिउड फिल्म बन्न सफल भएको छ । फिल्मले ३ दिनमा हिन्दीमा १०५।५० करोडदेखि १०६।५० करोड रुपैयाँसम्म कलेक्शन गरेको छ।

Advertisement

४१० करोड लगानीमा बनेको अयान मुखर्जीको निर्देशनमा बनेको ब्रह्मास्त्रले भारतमा पहिलो दिन ३६ करोड कमाएको थियो। योसँगै फिल्मले दोस्रो दिन ४२ करोडभन्दा बढी कमाएको छ।

यस्तै तेस्रो दिन ४२ करोड कमाइ गरेको छ। फिल्मलाई अयान मुखर्जीले निर्देशन गरेका हुन् ।यस फिल्ममा रणवीर–आलियाका अलावा नागार्जुन, अमिताभ बच्चन, शाहरुख खान र मौनी रोयको पनि महत्वपूर्ण भूमिका छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article