समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

भोलि राति १२ बजेबाट संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

हल्दिबारी, ३१ भदौ । सरकारले भोलि असोज १ गते राति १२ बजेबाट संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गरेको हो ।

Advertisement

यसअघि राजनीतिक दलहरुबीच संसदको कार्यकालबारे विवाद हुदै आएको थियो । सत्तापक्षले अर्को निर्वाचन भएर निर्वाचित संसदको पहिलो बैठक नबस्दा सम्म यही संसदको कार्यकाल रहने पक्षमा वकालत गर्दै आएको थियो भने प्रमुख प्रतिपक्ष नेकपा एमालेले निर्वाचन प्रक्रिया सुरु हुनुभन्दा अघिल्लो दिन नै कार्यकाल सकिनुपर्ने बताउदै आएको थियो । यसबारे सरकारले कानुन संशोधन गर्न संसदमा विधेयक लगेपछि प्रतिपक्ष दल र नागरिकस्तरबाट समेत विरोध भएपछि सरकार यही असोज १ गते संसदको कार्यकाल तोक्न बाध्य भएको थियो ।

Advertisement

यसैबीच प्रतिनिधिसभाको अन्तिम बैठक भोलि शनिबार बस्दैछ । शनिबार अन्तिम बैठक बसेर सांसदहरुलाई भोजसहित विदाई गर्ने संसद सचिवालयको तयारी छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article