समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

विद्यालयको लिफ्टमा फसेर २६ वर्षीय शिक्षिकाको मृत्यु

नयाँ दिल्ली, २ असोज: विद्यालयको लिफ्टमा फसेर भारतको मुम्बईमा एक शिक्षिकाको मृत्यु भएको छ । उत्तरी मुम्बइस्थित सेन्ट म्यारीज इंगलिस हाइ स्कुलक २६ वर्षीय शिक्षिकाको मृत्यु भएको हो ।

Advertisement

प्रहरीका अनुसार जेनेल फर्नान्डिस दिउँसो करिब १ बजे दोस्रो तलामा स्टाफ रुममा जान छैठौं तलामा पर्खिरहेका थिइन । लिफ्टमा छिर्नेबित्तिकै उनको ढोका बन्द भएको थियो । ‘उनी लिफ्टमा छिर्दा ढोका बन्द भयो र लिफ्ट चल्न थाल्यो, र उनी अड्किइन’, प्रहरी उपआयुक्त विशाल ठाकुरले भने।

Advertisement

विद्यालयका कर्मचारीले उनलाई मद्दत गर्न पुगेका थिए । उनलाई गम्भीर अवस्थामा लिफ्टबाट बाहिर निकालिएको थियो । उनलाई अस्पताल पु¥याउने वित्तिकै चिकित्सकहरूले मृत घोषित गरेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article