हल्दिबारी, २ असाेज । आफ्नो चरिचत्रमा बस्न भन्दै दाजुले बहिनीलाई हप्काउँदै एक थप्प हान्छन् । दाजुको थप्पको बदला लिने सोचमा रहेकी बहिनी २९ वर्षीया कमला दर्जीले बदला लिन चालक दाजुको अटो नै जलाइदिन्छिन् । खबर हो दाङको घोराहीको । जहाँ सहोदर बहिनीले नै केटा साथीसँग मिलेर आफ्नै दाजुको अटो९रिक्सामा आगो लगाएको रहस्य प्रहरीले केही घण्टामा नै पत्ता लगाउँछ ।

घोराही उपमहानगरपालिका९१५ बिपी चोक नजिक कोठा भाडामा बसी अटो चलाउने टेकबहादुर खत्रीको रा९१९ह ८६६० नम्बरको अटोमा शनिबार बिहान साढे १ बजेतिर अज्ञात समूहले आगो लगाएको भन्ने खबर पाए लगत्तै अनुसन्धानमा खटिएको प्रहरीले जलाइएको स्थान आसपासमा केही प्लाष्टिकका टुक्राहरू देखेपछि शंका लागेर उनकी बहिनीलार्य समेत नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार खत्रीकी आफ्नै बहिनी बागलुङ घर भई झन्डै एक महिनादेखि घोराही उपमहानगरपालिका १५ मा बस्दै आएकी २९ वर्षीया कमला दर्जी र ललितपुर महानगरपालिका १७ घर भई कमलासँगै बस्दै आएका २३ वर्षीय मिलन पौडेलले मिलेर आगो लगाएको तथ्य खुलेको छ।
दाजुको अटोमा बहिनीले नै योजनाबद्ध ढंगले केटा साथीसँग मिलेरु मध्यरातमा आगो लागाएको बहिनीले पनि स्विकार गरिसकेको र यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरी बताउँछ ।