हल्दिबारी, ५ असाेज । हल्दिबारी गाउँपालिकाकाे खर्च विवरण पदाधिकारी बैंठक भत्ता १८ लाख, पदाधिकारी पारिश्रमिक ४६ लाख ४० हजार ३१ रूपैयाँ, कर्मचारी कल्याण कोष १० लाख, पानी तथा बिजुली खर्च ३ लाख

सञ्चार खर्च ७ लाख, इन्धन (पदाधिकारीलाई ) खर्च ५ लाख, इन्धन (कार्यालय प्रयोजन) खर्च १७ लाख ५८ हजार ५० रूपैयाँ, सवारी साधन मर्मत खर्च १३ लाख ९९ हजार ६० रूपैयाँ, बिमा तथा नवीकरण खर्च १ लाख ८१ हजार ९ सय ६१ रूपैयाँ, मेशिनरी तथा औजार मर्मत सम्भार खर्च ७ लाख, निर्मित सार्वजनिक सम्पत्तिको मर्मत सम्भार खर्च ५० हजार, मसलन्द तथा कार्यालय सामाग्री खर्च ६ लाख ४९ हजार ९ सय ४५ रूपैयाँ, पुस्तक तथा सामग्री खर्च ८० हजार ९ सय ६१ रूपैयाँ, पत्रत्रिका छपाई तथ सूचना प्रकाशन खर्च १० लाख, सेवा तथा परामर्श खर्च ५ लाख रुपैयाँ रहेको छ ।

सूचना प्रणाली तथा सफ्टवेयर संञ्चालन खर्च १० लाख, करार सेवा शुल्क ३ करोड ७ लाख ३६ हजार ७ सय ४९ रूपैयाँ ६६ पैसा, सरसफाई सेवा शुल्क २ लाख ८९ हजार ७ सय ८४ रूपैयाँ, कर्मचारी तालिम खर्च १ लाख ९९ हजार ८ सय ४५ रूपैयाँ, कार्यक्रम खर्च ९ लाख ९५ हजार ५ सय ३३ रूपैयाँ, विविध कार्यक्रम खर्च १ लाख, अनुगमन मूल्यांकन खर्च ९८ हजार ३ सय ६८ रूपैयाँ, भ्रमण खर्च ८ लाख, विशिष्ट व्यक्ति तथा प्रतिनिधि मण्डलको भ्रमण खर्च ५९ हजार ५ सय, अन्य भ्रमण खर्च ४६ हजार ३ सय ५० रूपैयाँ विविध खर्च १६ लाख, सभा सञ्चालन खर्च २ लाख ४९ हजार ४ सय २५ रूपैयाँ, घरभाडा खर्च १२ लाख ८३ हजार ६ सय १९ रूपैयाँ, सवारी साधन तथा मेशिनर औजार भाडा खर्च ९ लाख ९९ हजार ७ सय १० रूपैयाँ भएको जनाएको छ ।
