समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

काठमाडौं–२ बाट चुनाव लड्दै रवि लामिछाने

काठमाडौं, असोज ६ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने काठमाडौं–२ बाट चुनाव लड्ने भएका छन् । यसअघि काठमाडौं–५ वा २ मध्ये एक क्षेत्रबबाट चुनाव लड्ने योजना बनाए पनि उनी अब भने काठमाडौं–२ बाट चुनाव लड्ने भएका हुन् ।

Advertisement

काठमाडौं–२ मा गठबन्धनतर्फका र एमालेका उम्मेदवार कमजोर देखिएपछि लामिछानेले उक्त क्षेत्रबाट चुनावमा उठ्ने तयारी गरेका हुन् । काठमाडौं २ एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको क्षेत्र हो ।

Advertisement

यो पनि पढ्नुहोस – गाउँगाउँ पुग्यो नयाँ नोट, डेढ अर्ब सटही सुरु

नेपाल राष्ट्र बैंकले दसैं, तिहार छठलाई लक्षित गरी नयाँ नोट वितरण सुरु गरेको छ । राष्ट्र बैंक प्रादेशिक कार्यालय सिद्धार्थनगरले सर्वसाधारणका लागि २ असोजदेखि नोट वितरण थालेको हो ।

दसैं विदा हुनुभन्दा अघिल्लो दिनसम्म नयाँ नोट साट्न सकिनेछ । सिद्धार्थनगर अन्तर्गत पर्ने १० जिल्लामध्ये रुपन्देहीमा राष्ट्र बैंक स्वंयले र अन्य ९ जिल्लामा राष्ट्र बैंकबाट नोट कोष सुविधा लिएका सरकारी स्वामित्वका बैंकमार्फत नयाँ नोट वितरण भइरहेको प्रादेशिक कार्यालय सिद्धार्थनगरका निर्देशक रञ्जना पंडित पौडेलले बताइन् ।

अर्घाखाँची, पाल्पा, गुल्मी, कपिलबस्त, पूर्वी नवलपरासी र नवलपरासीमा राष्ट्रिय वाणिज्य बैंक मार्फत तथा रोल्पा, प्युठान र पूवी रुकुममा नेपाल बैंक मार्फत नयाँ नोट पठाइएको छ ।

बैंकले यस अघि भदौ २६ गतोबाट नै बैक तथा वित्तिय संस्थालाई १ अर्ब ५० करोड ३५ लाख नयाँ नोट पठाएको छ । पठाइएको नोटमध्ये ५ वटा जिल्लाको नोट कोषमा ६२ करोड ५० लाख, र अन्य बैंक तथा वित्तिय संस्थामा ८७ करोड ८५ लाख नयाँ नोट पठाइएको छ ।

अझै ४ वटा सुगम जिल्लाको नोट कोषमा नयाँ नोट पठाउन बाँकी रहेको निर्देशक पौडेलले बताइन् ।रुपन्देहीको हकमा सर्वसाधरणका लागि नयाँ नोट सिद्धार्थनगर शाखाबाट नै वितरण भइरहेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article