धनगढी ।पतिले पत्निको ह त्या गरेर भरार भए लगत्तै समातिएका छन् । घटना हो कैलालीको । आज बिहान भएको ह त्या घटना संलग्न भएको आरोपमा प्रहरीले गौरीगंगा नगरपालिका–५ की ३२ वर्षीया ललिता नाम्जाली मगरमाथि कुटपिट गरेर ह त्या गरेको आरोपमा उनका श्रीमान् ३४ वर्षीय शेरबहादुर नाम्जाली मगरलाई तत्कालै समात्न सफल भएको छ ।

उनलाई गौरीगंगा नगरपालिका–५ अण्डैयाको कोहलपुरबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक९डीएसपी० रवीन्द्र पाण्डेले जानकारी दिए ।

अहिले उनलाई सोधपुछ गर्ने का भइरहेकेो छ । उनी बुधबार मात्रै भारतबाट घर फर्किएका थिए । नाम्जाली मगरले राति श्रीमतीसँग झगडा परेको र भनाभनकै क्रममा हातपात भएको स्विकारेका छन् ।
बाबु शेरबहादुरले १७ वर्षीया छोरी लक्ष्मीको टाउको र घाँटीमा समेत खुकुरी प्रहार गरेर ग म्भिर बनाएको प्रहरीले जनाएको छ । उनका १२ वर्षीय छोरा विजय नाम्जाली समान्य घाइते छन् ।