समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

डोजर लिएर वीर अस्पताल क्षेत्रका अनधिकृत संरचना भत्काउन पुगे मेयर बालेन शाह

काठमाडौं । पछिल्ला दिनमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह अनाधिकृत संरचना धमाधम हटाउने अभियानमा लागेका छन् । जसअन्र्तगत उनी बिहिबार वीर अस्पताल क्षेत्र वरपर बनेका अनधिकृत संरचना हटाउन पुगेका छन् ।

Advertisement

काठमाडौं महानगरपालिकाका अनुसार आज अस्पतालको भवनदेखि उत्तर तर्फ रहेका अनधिकृत संरचना डोजर लगाएर हटाउन सुरु गरिएको हो ।

Advertisement

काठमाडौं महानगरपालिकाले यसअघि सूचना नै सूचना जारी गरेर सामान सुरक्षीत स्थानमा सार्न अपिल गरेको थियो । डोजर चलाउनु अघिसम्म सो क्षेत्रका टहराहरु अटेर गरेर हटाइएको थिएन । सो क्षेत्रमा औषधि लगायतका पसलहरु सञ्चालनमा छन् ।

काठमाडौं महानगरपालिका मेयर बालेन शाहले नायक फिल्मको शैलीमा अनाधिकृत संरचना हटाउने अभियानलाई तिब्रता दिएका छन् । अजसअन्र्तगत शुक्रबार काठमाडौं महानगरपालिकाले नयाँबानेश्वर क्षेत्रका अनाधिकृत संरचना हटाउन डोजर चलाएको छ ।

सडक सीमा मिचेर बनेका ठूला ठूला महल र पसलहरु समेत हटाउन महानगरपालिकाले डोजर चलाएपछि अवैध संरचना निर्माण गर्ने ब्यक्तिहरुको भागाभागको अवस्था सिर्जना भएको छ ।

यसअघि भूमिगत पार्किङ र पफुटपाथ व्यापार हटाएको महानगरले काठमाडौँका अन्य स्थानका अनाधिकृत संरचनालाई हटाउने अभियानलाई निरन्तरता दिने बताएादै आएको छ ।

महनागरले बिहिबार जय नेपाल हलको पर्खाल खनेर टुकुचा खोलालाई समेत पत्ता लगाइसकेको अवस्था छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article