समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

महानगरलाई भत्काउने काम रोक्न एकै दिन २२ पत्र

काठमाडौं । टुकुचामाथि कानूनसम्मत निर्माण भएका भवन र १३० वर्ष इतिहास बोकेका टुकुचा छोप्ने गुम्बज आकारको डुँड भत्काएको लगायतका विषयमा काठमाडौं महानगरपालिका विरुद्ध बिहीबार एकै दिन अदालतले २२ वटा पत्र काटेको छ ।

Advertisement

उच्च अदालत पाटनले काम रोक्न आदेश दिँदै काटेका ती पत्रहरू हिजो महानगरपालिकामा बुझाएको छ । महानगरका प्रवक्ता नवीन मानन्धरले एकैदिन काम रोक्न २२ वटा पत्र आएको पुष्टि गर्नुभएको थियो ।

Advertisement

अदालतका कर्मचारीले काठमाडौं महानगरपालिका प्रहरी कार्यालयमा समेत पत्र पुगेको जनाएका छन् । यसअघि पनि उच्च अदालत पाटनले ३ वटा मुद्दामा घर नभत्काउन अल्पकालीन आदेश दिएको थियो ।यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article