समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

ट्रकको ठक्करबाट १७ महिने बालकको मृत्यु

भक्तपुर, ७ असोज :

Advertisement

भक्तपुरको मनोहरा फाँटमा आज बिहान ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भइ मनोहरा फाँट बस्ने १७ महिनाका सलिन श्रेष्ठ रहेका छन् । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा समिट अस्पताल लोकन्थलीमा मृत्यु भएको हो ।

Advertisement

सडक छेउमा खेल्दै गरेका उनलाई आज बिहान पौने ९ बजे बा ५ ख ७८१७ नम्बरको पानी बोकेको ट्रकले ठक्कर दिएको थियो । ट्रक सहित चालकलाई प्रहरी वृत्त ठिमी भक्तपुरले नियन्त्रणमा लिएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article