हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

अस्पतालमा डेङ्गुका बिरामी बढे,कुरुवाका लागि बनाइएका बेन्च समेत बिरामीले भरिए

बाँके-नेपालगञ्जको भेरी अस्पतालले कोभिडका लागि छुट्याएको वार्डमा डेङ्गुलगायत बिरामी राखेको छ । यहाँ डेङ्गुको बिरामी ४६ जना छन् ।कोभिडका बिरामी बढेपछि अस्पतालले छुट्टै वार्ड बनाएकोमा डेङ्गुलगायतका बिरामी बढेपछि उक्त वार्डमा ती बिरामीलाई राखिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा बद्री चापागाईंले बताउनुभयो । उहाँले “यो बिरामी बढ्ने मौसम हो । बिरामी बढेर राख्ने ठाउँ छैन”, मेसु डा चापागाईले भन्नुभयो । अस्पतालमा एक सय ५० शय्या छ । ठाउँ नभएपछि कुरुवाका लागि बनाइएको बेन्च, कुर्सीमा बिरामी बसेका छन् ।

Advertisement

अस्पतालमा डेङ्गुलगायतका बिरामी बढेपछि रिफर गर्ने क्रम बढेको छ । एकै दिन अस्पतालमा पुगेर दर्जनभन्दा बढी फर्किरहेका छन् । पश्चिमको रिफरल सेन्टर मानिने भेरीमा डेङ्गुबाट दुई जनाको मृत्यु भइसकेको छ । यसैबीच, नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा डेङ्गु रोग रोकथाम तथा नियन्त्रणका लागि सरोकारवाला बीचलाई सचेत गराउँदै आएको उपमेयर कमरुद्दिन राईले जानकारी दिनुभयो ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)