हल्दिवारी ,११ असोज । एकता बहुउद्देश्यीय सहकारी संस्था लि . को २१ औं बार्षिक साधारणसभा आज मंगलबार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष हरिकृष्ण अधिकारीको सभापतित्व तथा हल्दिवारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देनको प्रमुख आतिथ्यतामा भएको सभाले बार्षिक निति तथा कार्यक्रम समेत पारित गरेको छ ।

संस्थाको १७५९ सेयर सदस्य रहेका छ्न भने महिला सदस्य ८५७ ,पुरुष सदस्य ८९१ र संघ संस्था सदस्य ११ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
संस्थाले आर्थिक बर्ष २०७८/०७९ मा ६० लाख ६२ हजार ८२० रुपैया ४३ पैसा नाफा गरेको समेत प्रतिबेदनमा उल्लेख गरीएको छ । प्रतिवेदनअनुसार संस्थाको २१ बर्षमा १३ करोड ४६ लाख ६७ हजार ९२ रूपमा ५५ पैसा पुजी रहेको छ ।
संस्थाले आफ्ना सेयर सदस्यलाई ५० हजार सम्मको सेवा सुबिधा तथा प्राकृति प्रकोपमा परेकालाई २० हजार सहयोग गर्ने समेत प्रतिवेदनमा उल्लेख गरेको छ ।
त्यस्तै आफ्ना सेयर सदस्यका बालबालिकाको भविस्यलाई ख्लाल गर्दै प्रत्येक बर्ष ३ जनाका दरले कक्षा ३ देखि १२ सम्म छात्रवृत्ति दिन लागिएको समेत संस्थाका अध्यक्ष अधिकारीले जानकारी दिएका छ्न ।
बार्षिक साधारणसभालाई प्रमुख अतिथि रवीन्द्र प्रसाद लिङ्देन , जिल्ला सहकारी संघ संचालक सदस्य केसन बस्नेत ,वडा नम्बर २ का अध्यक्ष सुकलाल राजवंशी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियोे ।
कार्यक्रममा संस्थाका अध्यक्ष हरिकृष्ण अधिकारीले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखा समितिको प्रतिवेदन लेखा संयोजक सोमबहादुर तामाङले प्रस्तृत गरेको कार्यक्रमलाई स्वागत संस्थाका उपाध्यक्ष गङ्गा प्रसाईले गरेको कार्यक्रमको सहजीकरण हरि ढकालले गरेका थिए ।



