समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

बलात्कारको झुटो जाहेरी दिएको आरोपमा महिला पक्राउ

बलात्कारको झुटो जाहेरी दिएको आरोपमा भक्तपुरमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । नवलपरासीको वर्दघाट चिसापानी घर भई काठमाडौंको जडिबुटी डेरा गरी बस्ने ३४ वर्षकी महिला झुटो जाहेरी दिएको आरोपमा पक्राउ परेको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी राजु पाण्डेले जानकारी दिए ।

Advertisement

ती महिलाले आफूलाई भक्तपुरको लोकन्थलीमा ल्याई अचेत बनाई एक पुरुषले जबरजस्ती करणी गरेको भनि प्रहरी वृत्त थिमीमा जाहेरी दिएकी थिइन् ।

Advertisement

तर उक्त निवेदन उपर अनुसन्धान गर्दा उक्त प्रकृतिको कुनै पनि घटना नभएको र उक्त पुरुष व्यक्तिलाई फसाउने नियतले कपोलकल्पित घटना बनाई जाहेरी दरखास्त दिएको फेला परेको डीएसपी पाण्डेले बताए । घटनाको बारेमा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article