समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

टिकट नपाएपछि करिश्माको स्पष्टिकरण : बन्द कोठामा बस्नुभन्दा बाहिर निस्केर श्वास फेर्नु राम्रो

काठमाडौं – अभिनेत्री तथा एमाले नेतृ करिश्मा मानन्धरले लेखेको एक पोस्ट अहिले भाइरल बनेको छ । उनले लेखेको पोस्टलाई धेरैले एमालेले उम्मेदवार नबनाएपछि उनले पोखेको असन्तुस्टि बुझेका छन् ।

उनले लेखेकी छन् ‘विद्रोह नगर्ने स्वभाव रह्यो नगर्दा पनि भगवानले सबै दिए तर आज महसुस हुँदैछ बन्द कोठामा बस्नुभन्दा बाहिर निस्केर श्वास फेर्नु राम्रो’ ।करिश्माको उक्त पोस्ट त्यसतर्फ उनकै दल एमालेभित्र चुनावको टिकट वितरणमा असन्तुष्टि तथा आफुलाई उम्मेदबार नबनाउनु तर्फ लक्षित छ । करिश्माले आफू मतदाता रहेको ललितपुर क्षेत्र नम्बर ८१ का एमाले उम्मेदवार नवराज सिलवालको तस्वीर पनि पोस्ट गरेकी छन् । आशिका तामाङ नामक एक प्रयोगकर्ताले करिश्माको टाइमलाइनमा लेखेकी छन्, ‘स्वतन्त्रबाट उठ्नुपर्‍यो ।’

आफ्नै टाइमलाइनमा पोस्ट भएको स्वतन्त्रबाट उठ्नुपर्‍यो भन्ने स्टाटसलाई करिश्माले लाइक हानेकी छन् । मनोनयन दर्ता गर्ने दिन बिहान सारीमा सजिएकी करिश्माको अर्को पोस्ट छ, ‘म जनताको मात्र मान्छे हुँ । म करिश्मा मानन्धर भनेर चिनारी दिने नेकपा एमालेलाई धन्यवाद, अब सुरुवात हो ।करिश्मा गत चैतमा एमाले प्रवेश गरेकी थिईन । उनी बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीबाट राजनीतिमा लागेकी थिईन । ’यसो त करिश्मा धेरै जसो चर्चा र विवादमा आउने नायिका पर्छिन् । आफुलाई चित्त नबुझेको कुरा सामाजिक संजलमा लेख्ने उनको आदत नै बसेको छ ।

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article