समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

झापाको गौरादहमा गोमन सर्पले टोकेर एक बालीकाको मृत्यू

गौरादह : झापाको गौरादहमा गएराती गोमन सर्पले डसेर एक बालीकाको मृत्यु भएको छ । गौरादह नगरपालिका वडा नम्बर ९ बैगुन्धुरा मामलमा दशैंको टिका लगाउन गएकी दमक वडानम्बर २ का वडा अध्यक्षकी नातीनी श्रुति सापकोटा गोमन सर्पले डस्दा मृत्यु भएको हो ।

भुईमा ओछ्यान लगाएर सुतेकोबेला राती साढे एक बजे तिर बालीकालाई सर्पले डसेको थियो ।
नेकपा एमालेको भगिनि संगठन अखिल नेपाल महिला संघ प्रदेस एक कमिटी अध्यक्ष शुभेच्छा सापकोटा तथा टेकनाथ सापकोटाकी छोरी स्रुतीको उपचारकोलागी लाईफलाईन अस्पताल दमक ल्याउनसाथ डाक्टरले मृत घोषणा गरेका थिए ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)