काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको छ । शुक्रबारदेखि स्वास्थ्यमा समस्या आएपछि उहाँलाई शनिबार अस्पताल भर्ना गरिएको हो ।

राष्ट्रपति भण्डारीलाई रुघा खोकी र ज्वरो आएपछि अस्पताल भर्ना गरिएको उहाँका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो । अस्पतालमा राष्ट्रपति भण्डारीको विभिन्न स्वास्थ्य परीक्षण भइरहेको छ ।
यो पनि – एमालेबाट भक्तपुर १ मा नवराज गेलाल र २ मा महेश बस्नेतको नाम सार्वजनिक भक्तपुर

प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट भक्तपुरमा टिकट पाउनेहरुको नाम सार्वजनिक भएको छ । सोहीअनुसार भक्तपुर क्षेत्र नं १ मा नवराज गेलाल रहेका छन् ।
गेलाल यसअघि जिल्ला समन्वय समिति भक्तपुरका सभापति थिए । यस्तै, भक्तपुर क्षेत्र नं २ मा महेश वस्नेतको नाम सार्वजनिक भएको छ । उनी पार्टी केन्द्रिय सदस्य तथा प्रतिनिधि सभामा पछिल्लो पटकको निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए ।
यस्तै प्रदेश सभा १ ख (भक्तपुर नगर) मा नारायणसुन्दर सिन्ताकल र १ क (चाँगुनारायण) मा मोहनवीर श्रेष्ठको नाम सार्वजनिक भएको छ । यस्तै प्रदेश सभा २ ख (मध्यपुर थिमि) मा चन्दनकृष्ण श्रेष्ठ र प्रदेश सभा २ क (सूर्यविनायक) मा किरण थापाको नाम सार्वजनिक भएको छ ।
एमाले पार्टी भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले मंसिर ४ मा हुने निर्वाचनका लागि उनीहरुको नाम सार्वजनिक भएको पुष्टी गरे । ‘तर यो नै फाइनल नहुनसक्छ’, उनले भने, ‘भोलि यसमा तलमाथि पनि पर्नसक्छ ।’