समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

काङ्ग्रेस नेता सिटौलाले गराए वारिसनामामार्फत उम्मेदवारी दर्ता

हल्दिवारी , २३ असोज । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्।
सिटौलाले झापा-३ मा वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ । सिटौलाको प्रस्तावकमा मोहन महर्जन र समर्थक गणेश पोखरेल बसेका छन्।
उनको प्रतिद्वन्दीको रुपमा एमालेका युवा नेता स्वतन्त्र उम्मेद्बार डम्बरबहादुर गिरि र राजेन्द्र लिङ्देन रहेका छन्। मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको प्रत्यक्षतर्फको मनोनयन पत्र देशभर आज दर्ता हुँदैछ।
निर्वाचन आयोगले आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने जनाएको छ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article