काठमाडौं : भेनेजुएलामा पहिरोमा परेर २२ जनाको मृत्यु भएको छ । ठूलो वर्षापछि आएको पहिरोमा परेर २२ जनाको दुखद निधन भएको भारतिय मिडियाले जनाएका छन् । त्यस्तै अझै ५२ जना बेपत्ता भएको अन्तराष्ट्रिय मिडियाले जनाएका छन् ।

भेनेजुएलाको लस तेजरियास सहरमा पहिरो गएको हो । पहिरो प्रभावितको खोज तथा उद्धारका लागि एक हजार जना उद्धारकर्मी खटिएका छन् ।भेनेजुएलाका उपराष्ट्रपति डेल्सी रोड्रिगेजले पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहत वितरणको काम भइरहेको बताएका छन् ।

राष्ट्रपति निकोलस मडुरोले स्थिति कठिन र पीडादायी भएको बताएका छन् ।