हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

दाङ र पर्साबाट अवैध लागूऔषधसहित पाँच जना पक्राउ

दाङ र पर्साबाट अवैध लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । दाङको गडवा गाउँपालिका–६ गडवाबाट ३० ग्राम खैरो हेरोइन र ५० ग्राम गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

कोइलाबासबाट लमहीतर्फ जाँदै गरेको भे।१ ह १६४० नम्बरको अटोलाई इलाका प्रहरी कार्यालय गडवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अटोमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरिएको हो ।

Advertisement

पर्साको वीरगंज महानगरपालिका–८ रेल्वे रोडबाट ९ केजी ५ सय ग्राम चरेससहित सोही महानगरपालिका–१६ बस्ने १९ वर्षीय करण राय लगायत २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । डा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त वस्तु सहित पक्राउ गरेको हो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)