समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

दाँत फुकाल्दा खुल्यो नक्कली चिकित्सकको पोल

सुर्खेतको वीरेन्द्रनगरबाट एक जना नक्कली चिकित्सक पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–६ स्थित समाज डेन्टल केयर क्लिनिकका सञ्चालक २२ वर्षीय डिलबहादुर महतारा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी एवं सूचना अधिकारी सुरज कार्कीले जानकारी दिए ।

Advertisement

कार्कीका अनुसार वीरेन्द्रनगरकै एक महिला दाँत दुख्ने समस्या लिएर उनको क्लिनिकमा गएकी थिइन् । महताराले दुख्ने दाँत निकाल्नुपर्ने सुझाव दिएपछि नउी दाँत निकाल्न राजी भइन् । यद्यपि महताराले दुख्ने दाँतसहित अर्को दाँत पनि निकालिदिए । त्यसपछि महिलाले नक्कली डाक्टर भएको आशांकासहित प्रहरी कहाँ उजुरी गरेको कार्कीले बताए । सोही उजुरीको आधारमा उनलाई पक्राउ उनको भनाइ छ ।

Advertisement

‘अनुसन्धानका क्रममा महताराले आफू चिकित्सक नभएको स्वीकार गरेका छन्,’ कार्कीले भने । महातारा जाजरकोटको शिवालय गाउँपालिका वडा नम्बर १ का बासिन्दा हुन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article