समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

आकाशबाट खसेर प्याराग्लाइडिङ खेलाडीको मृत्यु

पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदमा सहभागी एक खेलाडीको मृत्यु भएको छ । प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ खेलको क्रममा आकाशबाट सारङकोटस्थित जमिनमा खस्दा खेलाडीको मृत्यु भएको हो । उनी ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङबाट आकाशमा उडिरहेका थिए ।

Advertisement

उडेलगत्तै १०० मिटरमाथिबाट खसेका उनलाई उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा अस्पतालमै निधन भएको हो । प्याराग्लाइडिङ अनियन्त्रित भइ दुर्घटना हुँदा नेपाल त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापाको मृत्यु भएको हो ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article