समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

डेंङगु संक्रमणबाट २९ वर्षीया महिलाको मृत्यु

चितवन-उपचारका क्रममा डेंङ्गु सङ्क्रमित महिलाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा नवलपरासी बर्दघाटकी २९ वर्षीया महिलाको मृत्यु भएको हो ।स्वास्थ्य कार्यालय चितवनका अनुसार असोज २४ गते उपचारका लागि कलेजमा भर्ना भएकी उनको उपचारको क्रममा गत शुक्रबार मृत्यु भएको हो । कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार डेंङ्गु सङ्क्रमण भई चितवनका अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या योसहित तीन पुगेको छ ।

Advertisement

जसमध्ये दुई जना चितवनका हुन् । जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये एक हजार छ सय २१ जनामा डेंङ्गु देखिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्क्रमितमध्ये एक हजार ८३ जना चितवनका रहेका छन् । दुई सय तीन जनाको ठेगाना नखुलेको र तीन सय ३५ जना बाहिरी जिल्लाका रहेका छन् । सात हजार एक सय ८४ जनाको परीक्षणका क्रममा उनीहरुमा सङ्क्रमण पुष्टि भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

Advertisement

यो पनि पढ्नुहोस: टेनिसमा गण्डकी र सेनालाई स्वर्णपदक-नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेनिसको ‘टिम इभेन्ट’तर्फको प्रतिस्पर्धामा पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ विभागीय नेपाली सेनाले स्वर्णपदक जितेका छन् ।पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा आज सम्पन्न भएको खेलमा नेपालको शीर्ष बरियताका खेलाडी प्रदीप खड्काको टोली गण्डकीले समग्रमा आर्मीमाथि २–१ खेल जित्दै च्याम्पियन बनेको हो । टिम इभेन्टको पुरुष एकलको पहिलो खेलमा सेनाका अकी जुवेन रावतले गण्डकीका अनिल शाहीलाई ६–३,६–३ सेटमा पराजित गर्नुभयो । एकलको दोस्रो खेलमा गण्डकीका प्रदीप खड्काले सेनाका प्रनव खनालमाथि ६–३,७–५ सेटमा जीत निकाल्नुभयो । पुरुष डबल्सतर्फको प्रतिस्पर्धामा प्रदीप र अनिलको जोडीले प्रनभ र अकीको जोडीलाई २–६, ६–३ र १०–७ को सेटमा पराजित गरेपछि गण्डकी च्याम्पियन बनेको हो । पुरुषतर्फ गण्डकीले स्वर्णपदक जित्दा सेनाले रजत पदकमा चित्त बुझायो ।

महिलातर्फ एकलमा सेनाले अर्को विभागीय टोली सशस्त्र प्रहरीलाई हराएको हो । सेनाका अभिलाषा विष्टले सशस्त्रका सर्भानी श्रेष्ठलाई ७–५, १–६ र ६–१ को सेटमा पराजित गर्नुभयो । अर्को खेलमा सेनाका आइरा एम रावतले सशस्त्रका सुनिरा थापालाई ६–१, १–६ ७–५ सेटमा पराजित गरेपछि सेना च्याम्पियन बन्दै स्वर्णपदक जित्न सफल भने भने सशस्त्रले कास्यपदक पायो । महिला टिम इभेन्टमा बागमती प्रदेश र नेपाल प्रहरीले कास्यपदक जित्दा पुरुषतर्फ नेपाल प्रहरी र सशस्त्र प्रहरीले कास्यपदक जिते । प्रतियोगितामा विजयी खेलाडीहरुलाई गण्डकी प्रदेश खेलकुद परिषद्का कार्यवाहक सदस्य सचिव घनश्याम पौडेलले ट्रफी तथा मेडल वितरण गर्नुभएको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article