समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

नेकपा महासचिवमा फेरि नेत्रविक्रम चन्द ‘विप्लव’चयन

काठमाडौं, २ कात्तिक:नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० महासचिवमा पुनः नेत्रविक्रम चन्द ‘विप्लव’चयन भएका छन् । कपिलवस्तुमा भएको नवौं महाधिवेशनले उनलाई सर्वसम्मत महासचिवमा चयन गरेको हो ।विप्लव यसअघि पनि महासचिव थिए ।नेकपा नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’का अनुसार महाधिवेशनले ८१ सदस्यीय केन्द्रीय समिति, ४५ सदस्यीय वैकल्पिक केन्द्रीय समिति र केन्द्रीय प्रतिनिधि समिति पनि चयन गरेको छ ।

यो पनि :एनसेलको साधारण सभा कात्तिक २५ मा:-एनसेल आजियाटा लिमिटेडले कात्तिक २५ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । सभामा कम्पनीले आर्थिक वर्ष २०७८(७९ को लाभांश प्रस्ताव पेश गर्नेछ । कम्पनीले लाभांश दर भने उल्लेख गरेको छैन ।

साथै, सभामा आर्थिक वर्ष २०७८(७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९(८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने तथा ऋणका विषयमा पनि छलफल गर्ने एजेन्डा छ ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)