हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

गृहमन्त्री खाण र अमेरिकी राजदूत थम्प्सनबीच भेटवार्ता

गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन थम्प्सनले शिष्टाचार भेटवार्ता गरेका छन्। गृहमन्त्रालयमा आज भएको भेटवार्ता उनीहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा गृहमन्त्री खाणले राजदूत थम्प्सनलाई नेपालमा स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै नेपालको विकास र लोकतन्त्रका लागि अमेरिकाले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्नुका साथै आगामी दिनमा थप सहयोग निरन्तरताको अपेक्षा गरे ।

Advertisement

साथै उनले नेपालमा आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुन लागेको जानकारी गराउँदै नेपाल सरकारले उक्त निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहितरूपमा सम्पन्न गर्न उच्च प्राथमिकता दिएको बताए । सो अवसरमा राजदूत थम्प्सनले आगामी निर्वाचनले नेपालको लोकतन्त्रलाई थप सवल बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरे। साथै उनले नेपालको विकासमा अमेरिकाको निरन्तर सहयोग रहने आश्वस्त पारेका थिए ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)