हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

प्रहरीको सेवा प्रविधिमैत्री बनाउन सरकार प्रतिबद्ध : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरीको सेवालाई प्रविधिमैत्री बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रविधिबाट सिर्जित नवीन समस्याको समाधानका लागि प्रहरीलाई प्रविधिले सम्पन्न बनाउनैपर्ने उनले बताए । आइतबार प्रहरी निरीक्षक आधारभूत तालिम दीक्षान्त समारोहलाई काठमाडौंमा सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

Advertisement

तालिममा सिकेका सीपमार्फत अपराध नियन्त्रण र अनुसन्धानका क्रममा आउने अवरोधहरुलाई परिणाममुखी बनाउन प्रहरीहरु सफल हुने विश्वास व्यक्त गरे । गृहमन्त्री खाँणले कानूनी राज्यको स्थापनाका लागि दृढ रहन प्रहरी संगठनलाई निर्देशनसमेत दिए ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)