हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

अन्तर्राष्ट्रिय मोटर स्पोर्ट्समा नेपालले पनि सहभागिता जनाउने

नेपाली मोटर स्पोर्ट्स खेलाडीले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने भएका छन् । मोटर स्पोर्ट्स्को अन्तर्राष्ट्रिय महासंघ फेडेरेसन अटो मोबाइल्स ९एफएआई०द्वारा फ्रान्सको मार्सेमा ओलम्पिक फर्म्याटमा आयोजना हुने एफएआई मोटर स्पोर्ट्स् गेम्स २०२२ मा नेपालका तीन खेलाडीले सहभागिता जनाउने नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) ले जनाएको छ ।

Advertisement

यही अक्टोबर २६ देखि ३१ सम्म हुने प्रतियोगितामा नेपाली मोटर स्पोर्ट्सका राष्ट्रिय खेलाडीहरु अनिल कुमार बराल, जिस्वाँ तुलाधार तथा दिप्रश शाक्यले नासा नेपालको तर्फबाट क्रमशः अटो स्लालोक र कार्टिङ स्प्रिन्ट सिनियर विधामा सहभागिता जनाउनेछन् । मोटर स्पोर्ट्सको संसारमा वर्ल्ड कप सरहको रुपमा हेरिएको प्रतियोगितामा १७ भन्दा बढी बिधाहरु (डिसिप्लिन) समावेश गरिएको र विश्व भरीका राष्ट्रिय खेलाडीहरु सहभागी हुने नासाले जनाएको छ ।

Advertisement

विश्वभर नै सबैभन्दा बढी रुचाइएको मोटरस्पोर्ट्स गेम एक साहसिक खेल हो । ‘नेपाली खेलाडीहरुको उपस्थिति मात्रले नै राष्ट्रको नाम र झण्डा उच्च रहने छ । खेलाडीहरुसँग कुरा गर्दा उहाँहरुको आत्मबल र राष्ट्रिय झण्डा विश्व सामु फहराउने अभियानको व्याख्या सुन्दा राष्ट्रप्रेममा खेलाडीहरु समर्पित रहेको आभास हुनेछ,’ नासाले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

प्रतियोगितामा सहभागी तिन जना खेलाडीले नै थुप्रै राष्ट्रिय प्रतियोगिता तथा एसिया प्यासिफिक तहको अटो जिम खाना तथा कार्ट्समा सहभागिता जनाइसकेका छन् । नेपाली टिमको अफिसियलमा यदुराज लामिछाने र सृजना बराल रहने नासाले जनाएको छ । प्रतियोगितामा नेपाली टिमको सहभागिताको लागि रजिष्ट्रेसन, इक्युप्मेन्ट्स, हवाई भाडा र बसोबासका लागि अनुमानित ३२ लाख खर्च लाग्ने संस्थाले जनाएको छ ।

संसारमै अत्यन्तै लोकप्रिय खेलको रुपमा रहेको मोटर स्पोर्ट्स नेपालमा भने डेढ दशक अगाडिबाट संस्थागत सुरुवात भएको हो । विश्वमै यसका दुई दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हुँदै आएका छन् । यस्तै ओलम्पिक फर्म्याटमा भने केही वर्ष अगाडि मात्र मोटर स्पोर्ट्स गेम्स शुरुवात भएको हो ।

अन्य प्रतियोगितामा गाडीको ब्राण्डिङ, कर्पोरेट सहभागिता ड्राइभर्स र टिमको ब्राण्डिङ जस्ता विषयलाई मुख्य आधार मानिन्छ भने यसमा सहभागी देश र झन्डा देशको नाममा ड्राइभर्स र टिमको ब्राण्डिङ्ग तथा राष्ट्रिय टिम र खेलाडीको सहभागिता मुख्य आधार रहेकाले पनि प्रतियोगिता महत्वपूर्ण हुने नासाका अध्यक्ष दशरथ रिसालले जनाएका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)