हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

हल्दिवारीमा मोटरसाइकल दुर्घटनामा सुकलाल राजवंशीको मृत्यु

हल्दिवारी । हल्दिवारीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका- २ निवासी २१ वर्षीय सुकलाल राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार हल्दिबारी पाराखोपी सडक खण्ड अन्तरगत हल्दिबारी- २ स्थित रामलाल चोक नजिकै आइतबार साँझ ६:१५ मिनेटमा मे ५ प २१६१ नम्बरको मोटरसाइकलले मे ६ प ४१०३ नम्बरको मोटरसाइकललाई पछाडिमा ठक्कर दिएको थियो । दुवै मोटरसाइकल पाराखोपीदेखि हल्दिबारी स्कुल चोकतर्फ गइरहेका थिए ।

Advertisement

तीव्र गतिमा रहेको मे ५ प २१६१ नम्बरको मोटरसाइकलको पछाडि सवार राजवंशीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सो मोटरसाइकलमा दुई जना सवार थिए, भने अर्को मोटरसाइकलमा तीन जना सवार थिए । यता हल्दिबारी प्रहरी चौकीले दुवै मोटरसाइकलसहित अन्य चार जनालाई नियन्त्रणमा लिएर घटनाको बारेमा अनुसन्धान गरिरहेको जनाइएको छ ।

https://youtu.be/ULLFi4rMj3s

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)