हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

हुन्डीको ३८ लाख रकमसहित धनुषाबाट एक युवक पक्राउ

धनुषाको जनकपुर उपमहानगरपालिका–२१ कुर्थाबाट प्रहरीले स्रोत नखुलेको ३८ लाख ५० हजार रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको भंगाहा नगरपालिका–१ घर भएका २१ वर्षीय सुवमराज चौवे छन् ।

Advertisement

भारतबाट स्रोत नखुलेको रकम लिएर आउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी प्रदिप क्षेत्रीले रातोपाटीलाई बताए । उनको साथबाट प्रहरीले १ हजार दरको २९ बन्डल र ५ सय दरको १९ बन्डल गरेर ३८ लाख ५० हजार रुपैयाँ बरामद गरेको छ । आरोपीलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको डीएसपी क्षेत्रीले जानकारी दिए ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)