हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

बंगलादेशमा आँधीका कारण ७ जनाको मृत्यु

ढाका, ८ कात्तिक । वंगलादेशमा आँधीका कारण कम्तीमा ७ जनाको मृत्यु भएको छ । चक्रवात सित्राङका कारण इँटाको रेलिङ र रूखहरू भत्किँदा एकै परिवारका तीन सदस्यसहित कम्तीमा सात जनाको ज्यान गएको हो ।

Advertisement

हताहतपछि दमकल तथा सिभिल डिफेन्सको अनुगमन कक्षलाई सक्रिय बनाइएको थियो । राजधानी ढाका, कुमिल्ला दौलतखानको नागलकोट र भोलाको चारफेसन र नराइलको लोहागरामा आँधीबेहरीले भारी वर्षा र विनाशकारी हुरी ल्याएको छ । कक्स बजार तटबाट हजारौँ मानिस र पशुधनलाई सुरक्षित क्षेत्रमा लगिएको छ ।

Advertisement

कम्तिमा २८ हजार १५५ मानिस र २ हजार ७३६ गाईवस्तुलाई सोमबार साँझ ६ बजेसम्म कक्सबजार तटबाट सुरक्षित क्षेत्रमा लगिएको हो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)