मकवानपुर, हेटौंडा उपमहानगरपालिका-५ सानो पोखराबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ६० मिलिग्राम र सानो डिजिटल तराजु १ थान सहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका-१४ मयुरधाप बस्ने २८ वर्षीय रोबिन श्रेष्ठ, सोही उपमहानगरपालिका-११ थानाभर्याङ बस्ने २५ वर्षीय अनिष चौलागाई र सोही उपमहानगरपालिका-२ कान्तिराजपथ बस्ने २३ वर्षीय बिकाश कार्की रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले ना ४८ प ९००५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

कैलाली, टिकापुर नगरपालिका-९ स्थित नेपाल भारत सिमानाका खक्रौला चेक पोष्टबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २३ ग्राम ४ सय १० मिलिग्राम सहित सोही नगरपलिका-१ खड्क चोक बस्ने २५ वर्षीय सुरज चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुदुरपश्चिम प्रदेश प्रहरी कार्याल र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउने क्रममा साईकलमा बोकेर ल्याएको आलुको बोरा भित्र लुकाएको अवस्थामा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

कञ्चनपुर, बेलौरी नगरपालिका-१० भुडास्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो पदार्थ ९५० मिलिग्राम सहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा शुक्लाफाँटा नगरपालिका-४ झलारी बस्ने २३ वर्षीय हरेन्द्र कुँवर, सोही नगरपालिका-११ कलुवापुर बस्ने १८ वर्षीय किशोर र कैलाली धनगढी उउपमहानगरपालिका-२ मिलनचोक घर भएका २२ वर्षीय सुदिप धामी रहेका छन् । प्रहरी चौकी भुडाबाट खटिएको प्रहरीले सु।प।प्र०१- ००९ प ९९५१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।