बलिउड सुपरस्टार शाहरुख खान आज ९बुधबार० ५७ औं जन्मदिन मनाउँदैछन् । आफ्ना प्रिय अभिनेतालाई जन्मदिनको शुभकामना दिन मुम्बईस्थित शाहरुखको निवास बाहिर फ्यानको घुइँचो लागेको छ । केही नेपाली प्रशंसकले पनि बुधबार बिहान मन्नतमा पुगेर शाहरुखलाई जन्मदिनको शुभकामना दिएका छन् । चार वर्षसम्म भव्य जन्मदिन नमनाएका शाहरुखले यसपटक भने जन्मदिनलाई भव्य बनाउँदैछन् । किनभने अंग्र्रेजी नयाँ वर्ष २०२३ मा उनका तीन नयाँ फिल्म रिलिज हुँदैछन् ।

