हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

लागूऔषध मुद्दाका तीन जना फरार प्रतिवादी पक्राउ

लागूऔषध मुद्दाका ३ जना फरार प्रतिवादीलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-३० खोरखार बस्ने २६ वर्षीय सबिन गिरी, २२ वर्षीय सुजन कामी र उदयपुर जिल्ला त्रियुगा नगरपालिका-१५ घर भई सोही महानगरपालिका-२७ हमालचोक बस्ने २८ वर्षीय अनिल आले रहेका छन् ।

Advertisement

लागूऔषध मुद्दामा जिल्ला अदालत कास्कीको विभिन्न मितिको फैसलाले सबिन गिरीलाई ४ महिना २८ दिन कैद, सुजन कामीलाई ४ महिना ६ दिन कैद र अनिल आलेलाई ३ महिना २८ दिन कैद र २ हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत कास्कीमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)